ad ad

राजनीति


माओवादी केन्द्रको मस्यौदा समितिले बुझायो अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा

माओवादी केन्द्रको मस्यौदा समितिले बुझायो अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा

नेपालखबर
पुस २८, २०८० शनिबार ६:५२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ। 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले मस्यौदा पेस गरेको हो।
 
माओवादीले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो। समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की सदस्य छन्।
 

आज शनिबार बस्ने बस्ने स्थायी समिति बैठकमा मस्यौदा पेस हुने छ।

मस्यौदामाथि पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए।
 

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ। विधान सम्मेलनअघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .