ad ad

समाज


बागमतीका पूर्वमन्त्री पौडेलको सवारी दुर्घटनामा निधन

पौडेल सवार मोटरसाइकललाई बसले दियो ठक्कर
बागमतीका पूर्वमन्त्री पौडेलको सवारी दुर्घटनामा निधन

नेपालखबर
माघ १७, २०८० बुधबार १६:३७, हेटौंडा

बागमती प्रदेशका पूर्वमन्त्रीको सवारी दुर्घटनामा निधन भएको छ।

प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको हो।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको बुधबार निधन भएको हो ।

बुधबार ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि पौडेलको घटनास्थलमै निधन भएको हो।

पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भएका थिए।

मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .