ad ad

समाज


सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपालखबर
असोज ६, २०८१ आइतबार १७:३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। 

आइतबार प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाउँदै गृहमन्त्री लेखकले तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने नेपालखबरलाई बताए। 

‘जुन जुन कसुरमा जो जो देखिएका छन् र प्रतिवेदनमा कारबाही गर्नू भनिएको छ, उनीहरूलाई सम्बन्धित ठाउँबाट कारबाही हुन्छ,’ महानिरीक्षक कुँवरले भने।

सहकारी छानबिन समितिले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, कुमार रम्तेल र जीबी राईलाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उनीहरुले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको छानबिन समितिको निष्कर्ष छ।

समितिले गत सोमबार संसदमा उक्त प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझेकै दिन सभामुखले कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। मन्त्रिपरिषद् बैठकले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा पठाएको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएसँगै प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कार्यालयमा उक्त प्रतिवेदन पठाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .