ad ad

समाज


मिथुन, वृश्चिक र मकरलाई आज प्रेममा सर्वाधिक सफलता, हेर्नुस् माघ २७ को राशिफल

मिथुन, वृश्चिक र मकरलाई आज प्रेममा सर्वाधिक सफलता, हेर्नुस् माघ २७ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २७, २०८० शनिबार ५:४२, काठमाडौँ

आज २७ माघ २०८०, शनिबार। अंग्रेजी पात्रोअनुसार १० फेब्रुअरी २०२४।

आज मिथुन राशि हुनेहरूको लागि प्रेम र सम्बन्धमा समय अति राम्रो रहेको छ। यो राशि हुनेहरूको प्रेम र सम्बन्धमा आज ९० प्रतिशत भाग्याङ्क रहेको छ।

त्यस्तै, वृश्चिक र मकर राशिको पनि यस सवालमा समय राम्रै रहेको छ। यी दुई राशिको आज प्रेम र सम्बन्धमा भाग्याङ्क क्रमश: ८३ र ७६ प्रतिशत रहेको छ।

हेर्नुस् विभिन्न शीर्षकका भाग्याङ्क सहित सबै राशिको आजको राशिफल-

मेष : प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राको सम्भावना छ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार भने सामान्य नै रहनेछ।

आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ४ रहेको छ। त्यस्तै, यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति छाउनेछ। आज मद्यपान गर्नु उपयुक्त छैन।

वृष : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग देखिन्छन्। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। पुँजी बजारको लगानीमा भने नोक्सानी हुन सक्छ।

आज वृष राशिको भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ६ हो। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५२, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

वृष राशि हुनेहरूलाई आज स्वास्थ्यले राम्रो साथ दिने देखिन्छ। स्वास्थ्य अनुकूलता ९० प्रतिशत रहेको छ। यस्तै, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज सात्विक भोजन गर्ने र कालो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

मिथुन : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कार्य सम्पादनमा समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा आजको भाग्याङ्क निकै राम्रो रहेको छ। प्रेम र सम्बन्धमा ९० प्रतिशतसम्म सफलता मिल्ने योग छ।

त्यस्तै, व्यापारमा ५०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ३१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ भने स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुने आज भगवान् शिवजीको दर्शन गर्दा राम्रो हुनेछ भने हरियो रङ्गको प्रयोग नगर्ने।

कर्कट : कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। सेयर बजारको साथ मिल्नेछ। पुँजी बजारमा लगानीको अवसर छ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग हो भने भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ५५, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो बोल्नाले बनिसकेको काम पनि बिग्रिएला।

सिंह : सुखद यात्राका अवसर प्राप्त हुनेछन्। लाभदायक र फाइदामूलक योजना बन्नेछन्। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ।

भाग्यशाली अङ्क ५ रहेको छ भने प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ९० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज मान्यजनको आशीर्वाद लिई कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा गर्नु लाभकर देखिँदैन।

कन्या : धार्मिक गतिविधिमा संलग्न हुनु पर्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर मिल्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।

यो राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६४, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
त्यस्तै, आजको स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ भने झुटो बोल्दै नबोल्ने।

तुला : आज गरेका काममा ढिलासुस्ती हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा भने मधुरता छाउनेछ।

यो राशि हुनेको आज भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ७ हो।

प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४३, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता जम्मा ४० प्रतिशत रहेको छ भने यात्राको योग पनि ४० नै रहेको छ। तुला राशिको आजको सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत मात्र रहेको छ।

यो राशि हुनेले आज भगवान् शिवजीको दर्शन गर्नु राम्रो हुनेछ भने निलो रङ्गको प्रयोग गर्नु त्यति हितकर छैन।

वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन्। पारिवारिक जमघटमा मन रमाउनेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। सुखद यात्राको योग छ।

भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापार र सेयर बजारमा ६६/६६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।
आज स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज अरूको सल्लाह लिई काम गर्दा सफलता मिल्नेछ भने पहेँलो रङ्गको प्रयोग नगर्ने।

धनु : कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला।

धनु राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४३ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ४५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज मातापिताको आशीर्वाद दिनको सुरुआत गर्दा राम्रो हुनेछ। छलकपट गर्दा आफ्नै पोल खुल्नेछ।

मकर : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्।

यो राशिको आज भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापार र सेयर बजारमा ५५/५५ प्रतिशत,  वैदेशिक कार्यमा ६५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५३, यात्राको सम्भावना ६० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज दुर्गाजीको दर्शन गर्दा राम्रो हुनेछ भने रातो रङ्गको प्रयोग नगरेकै बेस।

कुम्भ : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सहकर्मीबाट विरोध आउन सक्छ। मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा भने सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ।

यो राशिको आज भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ६ रहेको छ। आज प्रेम र सम्बन्धमा ३३, व्यापारमा ५४, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ३३ प्रतिशत मात्र रहेको छ भने यात्राको सम्भावना ५० र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज लक्ष्मीजीको दर्शन गर्नु राम्रो हुनेछ भने हल्लाको पछाडि नलागी आफ्नो काममा लाग्नु बेस हुनेछ।

मीन : रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। प्राविधिक कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। अध्ययन-अध्यापनमा सफलता मिल्नेछ। प्रेमीको साथ मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

मीन राशिको आज भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७८, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

मीन राशि हुनेलाई आज स्वास्थ्यले ४३ प्रतिशत मात्र साथ दिनेछ भने यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌को दर्शन गर्दा राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग उपयुक्त देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .