ad ad

समाज


आज राति यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज राति यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

नेपालखबर
चैत १२, २०८० सोमबार १९:१२, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। जसका कारण यतिबेला (सोमबार साँझ) बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

 मौसम महाशाखाले सोमबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशको बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा तथा १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ। ५० मिलिमिटरभन्दा माथि सय मिलिमिटरसम्म वर्षा हुनुलाई भारी तथा सयभन्दा माथि २ सय मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .