सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।
गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र प्रहरीकाे नायव महानिरीक्षकमा बढुवाको लागि सिफारिस गरिएको जनाएको छ।
अधिकारीलाई बढुवाको लागि गरिएको सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी गर्न पनि सूचनामा भनिएको छ।
1.2k
Shares
प्रतिक्रिया