समाज


राशिफल १३ वैशाख : आजका भाग्यशाली रङमा ४ राशिको कालो, तपाईँको कुन?

राशिफल १३ वैशाख : आजका भाग्यशाली रङमा ४ राशिको कालो, तपाईँको कुन?

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १३, २०८१ बिहिबार ४:४१, काठमाडौँ

आज बिहीबार, १३ वैशाख २०८१ (२५ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : स्वादिष्ट भोजन मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मिथुन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पूरा हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

कर्कट : लाभ-हानि, सुख-दुःख बराबरी रहनेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउला।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

कन्या : राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्राविधिक कार्यमा सफलता पाइनेछ। मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। झुट नबोल्ने।

तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : मालसामान हराउन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

धनु : नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ। रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मालसामान हराउन सक्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग फलदायी छैन।

मकर : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

कुम्भ : घर-परिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रोकिएका पुराना काम सम्पन्न हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

मीन : आफ्नो विचार विपरीत निर्णय हुनेछ। घर परिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४९, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .