समाज


कैलाशका ३५ वर्षीय युवकलाई ट्याक्टरले किच्यो

कैलाशका ३५ वर्षीय युवकलाई ट्याक्टरले किच्यो

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १२:५६, मकवानपुर

मकवानपुरको कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए।

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३–००१त ०४१९ नम्बरको ट्रयाक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्रयाक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

प्रहरीले ट्रयाक्टर र ट्रयाक्टर चालक भीमफेदी गाउँपालिका–९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .