समाज


वैदेशिक रोजगार मुद्दाका प्रतिवादी बाँकेका कमल विश्वकर्मा यूएईमा पक्राउ

वैदेशिक रोजगार मुद्दाका प्रतिवादी बाँकेका कमल विश्वकर्मा यूएईमा पक्राउ

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १३:५०, काठमाडौँ

वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईमा पक्राउ परेका छन्। 

बाँकेको कफ खजुरा गाउँपालिका-२ सीतापुरका कमल विश्वकर्मालाई एनसीबी अबुधावी यूएईको समन्वयमा पक्राउ गरिएको हो। 

पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगार कसुर मुद्दा अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न वैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा (काठमाडौँ) बाट अनुरोध भएपश्‍चात् एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट
सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .