समाज


नारायणी नदीमा सशस्त्र प्रहरीको ‘सेमुलेसन’ अभ्यास

नारायणी नदीमा सशस्त्र प्रहरीको ‘सेमुलेसन’ अभ्यास

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १९:१४, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदिमा ‘सेमुलेसन’ अभ्यास गरेको छ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट, लाइफ बुओइ, थ्रो ब्याग जस्ता विपद् सामग्रीको प्रयोग गरी नदीमा बगिरहेका व्यक्तिहरुको उद्धार गरेको थियो।

यस्तै, नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरु झरेर कसरी नदीमा बगेका व्यक्तिहरूको उद्धार गरिन्छ भन्ने अभ्यासहरु समेत देखाएका थिए।

यसैगरी नेपाल रेडक्रस सोसाइटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो।

साथै उद्धार गरिएका घाइतेहरुलाई मेडिकल रेस्पोन्डर र रेडक्रस सोसाइटीका प्रतिनिधिहरूको सहयोगमा मास क्याजुल्टी भेहिकलद्वार अस्पताल पठाउने उपायहरूको समेत डेमोस्ट्रेसन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेसन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .