ad ad

समाज


गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिने महान्यायाधिवक्ताको पत्रको वैधता सर्वोच्चले जाँच्ने

गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिने महान्यायाधिवक्ताको पत्रको वैधता सर्वोच्चले जाँच्ने

नेपालखबर
जेठ ९, २०८१ बुधबार १७:४८, काठमाडौँ

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट दर्ता गर्न आदेश गरेको हो।

यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको थियो। प्रशासनको उक्त निर्णयविरूद्ध भट्टराईले सोझै इजलासमा निवेदन दिएका थिए। इजलासले दरपीठको निर्णय बदर गरिदिएपछि उक्त रिट अब सर्वोच्चमा दर्ता हुने भएको छ। 

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट दिका थिए। उक्त पत्रको वैधता अब सर्वोच्च अदालतले परीक्षण गर्ने भएको छ।

तल्ला निकायहरूमा अनुसन्धान भएको र हुन सक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा महान्यायाधिवक्ताले सफाइसरहको पत्र जारी गर्न नपाउने भएकाले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर गर्न रिटमा माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .