ad ad

समाज


राति यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँमा पानी पर्ने सम्भावना कति?
राति यी स्थानमा वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १९:१२, काठमाडौँ

हाल (शुक्रबार साँझ) कोसी प्रदेशमा साधारणतया बदली, मधेस प्रदेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) छ। कोसी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ। तर त्यो सम्भावना २० प्रतिशत मात्र रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहारआसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव परिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .