ad ad

समाज


असार १२ को राशिफल : वृश्चिकको खर्च बढ्ने, मीनले बलको सट्टा बुद्धि लगाएर काम गर्दा सफलता मिल्ने, तपाईँको के?

असार १२ को राशिफल : वृश्चिकको खर्च बढ्ने, मीनले बलको सट्टा बुद्धि लगाएर काम गर्दा सफलता मिल्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार १२, २०८१ बुधबार ४:४५, काठमाडौँ

आज बुधबार, १२ असार २०८१ (२६ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दैनिक कार्यमा प्रगति हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। स्वास्थ्य ठिकै हुनेछ तर खानपिनमा सावधानी अपनाउनु पर्छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : आफूलाई मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। समय उत्साहबर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। अधुरा काम पूरा हुनेछन्।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : सामाजिक कामको दायित्व बढ्नेछ। प्रेम जीवनमा खुसियाली मिल्नेछ। भू-व्यापारमा सफलता मिल्नेछ। वैदेशिक काम र सेयर बजारले भने साथ नदिन सक्छ। सफल यात्रा हुनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : विद्यामा कमजोरी र लेनदेनमा विवाद आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। विगतका समस्या बल्झिन सक्छन्। साँझमा भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : शुभ समाचार सुन्न पाइएला। प्रेम जीवन आनन्ददायक रहनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रशासनिक निकायको भय रहनेछ। दिनको उत्तरार्ध भने सुखद रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : नयाँ कार्यको थालनी हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, शङ्काको कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आँटेको र ताकेको कार्य पूरा होला। पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : खर्च बढ्नेछ। काममा बिघ्न र चुनौती आइलाग्छन्। स्वास्थ्यमा समस्या र चोटपटकको भय छ, सचेत रहनुहोला। आत्मीयजनप्रति आस्था र माया बढेर जानेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : मनमा कुनै नयाँ काम गर्ने विचार आउन सक्छ। जोसजाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ। एकअर्काको भावना बुझेर काम गर्नसके प्रेम तथा दाम्पत्य जीवन सुमधुर रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। काममा बिघ्नबाधा आइलागेता पनि व्यावसायिक कामबाट सामान्य फाइदा उठाउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि कर्म र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। स्वादिष्ट भोजन गर्न पाइनेछ।

भाग्यशाली रङ रातो रहेको छ भने अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : बलभन्दा बुद्धिको प्रयोग गर्नु उचित हुनेछ। अत: सोचविचार गरेर मात्र निर्णय लिनुहोला। सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जीवनमा अप्ठ्यारो पार्न सक्छ। सेयर बजारबाट सफलता मिल्ने देखिएन।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .