ad ad

समाज


द्वारिकाज होटल पुगेर पर्यटनमन्त्री पाण्डेले दिए संस्थापक श्रेष्ठलाई श्रद्धाञ्जली

आज पशुपतिमा अन्त्येष्टि
द्वारिकाज होटल पुगेर पर्यटनमन्त्री पाण्डेले दिए संस्थापक श्रेष्ठलाई श्रद्धाञ्जली

द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै मन्त्री पाण्डे। तस्बिर : रासस


नेपालखबर
साउन ५, २०८१ शनिबार १२:३०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज (शनिबार) द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। 

आज बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा मन्त्री पाण्डेले दिवङ्गत श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणगरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

सोही क्रममा मन्त्री पौडेलले द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामार्फत स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरे। 

मन्त्री पाण्डेले स्वर्गीय अम्बिका श्रेष्ठका परिवारलाई समवेदना समेत प्रकट गरेका थिए। 

सोही अवसरमा मन्त्री पाण्डेले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। 

लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान करिब ८ बजे निधन भएको हो।

स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने उनको पारिवारले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .