ad ad

समाज


त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार ११:२७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण आगो लागेको हो। 

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्। 

‘काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर आगो देखिएको छ,’ विमानस्थल राडारका ती अधिकृतले नेपालखबरसँग भने।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .