ad ad

समाज


सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

नेपालखबर
भदौ २, २०८१ आइतबार १६:९, काठमाडौँ

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए। 

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए। 

रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको उनले  बताए। 

मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको जानकारी गराए।

सरकाले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको उनको भनाइ छ।

‘पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक आरोपहरू आइरहेका छन्। अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेका छौँ। त्यही अनुसारको योजना अघि बढेको छ,’ उनले भने, ‘मन्त्रालयले त्यो गुनासो आउन नदिने काम गर्दछ। जलवायु परिवर्तनको विषयमा गम्भिर रुपमा लागि रहेका छौँ। आगामी कोपमा नेपालले प्रभावकारी उपस्थिति जनाएर नेपालले जलवायु परिवर्तनको प्रभावको असरबाट पाउने क्षतिपूर्तिलाई आवश्यक पहलका लागि डकुमेण्ट बनाउने काम गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .