ad ad

समाज


मिथुनको रमाइलो यात्रा हुने, सिंहलाई झुटा आरोप लाग्ने, तपाईँको के? हेर्नुस ८ भदौको राशिफल

मिथुनको रमाइलो यात्रा हुने, सिंहलाई झुटा आरोप लाग्ने, तपाईँको के? हेर्नुस ८ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ ८, २०८१ शनिबार ४:४१, काठमाडौँ

आज शनिबार, ८ भदौ २०८१ (२४ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दिन मध्यम छ। मन खिन्न हुने स्थिति आउला। टाउको एवं आँखा दुख्ने समस्याले सताउनेछ। कूटनीतिक क्षेत्रमा भने राम्रै छ, सहयोग पाइनेछ। आत्मबल बढाएर काम गर्नु उपयुक्त हुन्छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। रमाइलो यात्राको योग छ। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : नजिकका मित्रबाट सहयोग मिल्नेछ। मनमा शान्ति छाउनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। प्रेमीले भ्रमणको प्रस्ताव राख्नेछन्। रमाइलो यात्रा हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

कर्कट : इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनका विशेष योग छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। प्रेम जीवनमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। आहारविहारमा सावधानी अपनाउनुपर्नेछ। फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या : रोकिएका काम सुरु हुनेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। यज्ञयज्ञादिमा सहभागिताको अवसर मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : सामाजिक उपकारको काममा सहभागी भइएला। पारिवारिक सुख एवं सहयोग मिल्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। बन्दव्यापार र पेसा-व्यवसायका क्षेत्रमा विशेष लाभ हुनेछ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। बेला-बेलामा मनमा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा भने राम्रो समाचार सुन्नमा पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर : दिन भाग्यशाली भएर देखा पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम जीवनमा सफलता मिल्नेछ। अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .