ad ad

समाज


मेषको लाभहानी बराबरी हुने, मीनको शुभ कार्यको चर्चा चल्ने, तपाईँको के? हेर्नुस् १६ भदौको राशिफल

मेषको लाभहानी बराबरी हुने, मीनको शुभ कार्यको चर्चा चल्ने, तपाईँको के? हेर्नुस् १६ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ १६, २०८१ आइतबार ४:४२, काठमाडौँ

आज आइतबार, १६ भदौ २०८१ (१ सेप्टेम्बर (२०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। एकोहोरो माया प्रेमले सताउन सक्छ। आर्थिक कारोबारमा विवाद पनि आउला।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयरबजार ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमीला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने। 

वृष : नयाँ धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। कृषि र उत्पादनमूलक कार्य पनि अघि बढ्नेछ। 

भाग्यशाली रङ हरियो र अंक ७ रहेकाे छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने।
सजिलै अरुको विश्वास नगर्ने।    

मिथुन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

भाग्यशाली रङ निलो र अंक ६ रहेकाे छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ८०,सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ। 

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने।छल कपट नगर्ने।

कर्कट : समाज सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार तथा पुण्य आर्जनमा संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ खैर र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयरबजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ 
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खान। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। चोटपटकको भय छ सचेत रहनुहोला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ रातो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

कन्या : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।  

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

तुला : कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। स्वादिष्ट खानापिनाको योग पनि रहेको छ।

भाग्यशाली रङ सेतो र अंक ८ रहेको छ।
प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७८, सेयरबजारमा ८६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छल कपट नगर्ने।
 

वृश्चिक : परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ। नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ।  


भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने। 

धनु : आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयरबजारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मकर : शुभकार्यको चर्चा चल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयरबजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७०,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई भोजन गराउने। निलो रङको प्रयोग नगर्ने।  

कुम्भ : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ।

भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयरबजारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिन। खैरो रङको प्रयोग नगर्ने। 

मीन : शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ। रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुनसक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१,सेयरबजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सत्य बोल्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .