ad ad

समाज


जुवाको खालबाट ९ जना पक्राउ, २ लाख ८२ हजार बरामद

जुवाको खालबाट ९ जना पक्राउ, २ लाख ८२ हजार बरामद

नेपालखबर
भदौ १९, २०८१ बुधबार १७:५८, काठमाडौँ

काठमाडौंको टोखामा जुवाको खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ।

टोखा नगरपालिका–९ दिपज्योति स्थित मकवानपुरको बागमती गाउँपालिका–८ स्थायी घर भएका वर्ष २५ की सुस्मिता बमजनको नाममा दर्ता भई राज कुमार लामाले सञ्चालन गरेको शुभयात्रा गेष्टहाउसको पाँचौं तलाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोंगवुबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा नगद, मोबाइल तथा तास सहित फेला पारेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–९ बस्ने वर्ष ५० को दिपक महर्जन, सिन्धुलीको दुधौली नगरपालिका–९ घर भई हाल ललितपुर बस्ने वर्ष ३३ को सानु बाबु खड्का, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३७ को सिताराम बानिया, सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल बौद्व बस्ने वर्ष ३८ को दिप बहादुर तामाङ रहेका छन्।

यसैगरी, रुपन्देहीको सिद्वार्थनगर नगरपालिका–१३ घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने वर्ष ४१ को ओम थापा, धादिङको धुनीबेशी नगरपालिका–१ घर भई हाल मनमैजु बस्ने वर्ष ३३ को राजन लामा, सर्लाहीको हरिपूर्वा नगरपालिका–८ घर भई हाल टोखा–९ बस्ने वर्ष ४२ को लाल बहादुर ठाकुर, सिन्धुलीको गोलोन्जर गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने वर्ष ३१ को कृष्ण बहादुर थापा र मकवानपुरको बाग्मती गाउँपालिका–८ घर भई हाल टोखा–९ बस्ने वर्ष २५ को राज कुमार लामा (गेष्टहाउस संचालक) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ८२ हजार ५ सय रुपैयाँ, ६ बुक तास तथा १२ थान मोबाइल बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .