ad ad

समाज


नख्खु खोलाले बगाएका ४ मध्ये ३ जनाको उद्धार, १ जना अझै बेपत्ता

उद्धार गरिएका तीनजनाको पाटन अस्पतालमा उपचार हुँदै
नख्खु खोलाले बगाएका ४ मध्ये ३ जनाको उद्धार, १ जना अझै बेपत्ता

पाटन अस्पतालमा उपचारका क्रममा उद्धार गरिएका तीनजना (तस्बिर : प्रज्ञा राज्यलक्ष्मी राना)


नेपालखबर
असोज १२, २०८१ शनिबार १२:३८, काठमाडौँ

ललितपुरको नख्खु खोलाले बगाएर बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार भएको छ। ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए। 

त्यसमध्ये तीनजनाको उद्धार गरेर अहिले पाटन अस्पतालमा उपचारका लागि पुर्‍याइएको ललितपुरका एसएसपी शेखर खनालले नेपालखबरलाई जानकारी दिए। 

एसएसपी खनालका अनुसार, बेपत्ता भएका ४ मध्ये १ जना अझै बेपत्ता छन्। 

बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए।

उद्धार हुन नपाउँदै उनीहरूलाई बाढीले बगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .