अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्टलाई घुस रकमसहित नियन्त्राणमा लिएको छ।
आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले भट्टलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्कचोकबाट सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।
उनले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्यांकन गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
सव–इनिजनियर भट्टमाथि थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ।
प्रतिक्रिया