पानी तान्ने मोटरमा करेन्ट लागेर सर्लाहीका एक मजदुरको ज्यान गएको छ।
ईश्वरपुर नगरपालिका–२ का ४५ वर्षीय मिस्त्रि राम ईश्वर पासवानको मृत्यु भएको हो।
ब्रहम्पुरी गाउँपालिका–१ स्थित सुरेश साह तेलीको घरमा ज्यालामा काम गर्ने क्रममा मोटरको तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया