धनुषामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।
चिनी र क्षयरोगका रोगी रहेका उनलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना गरिएको थियो।
कोरोना आशंका गरिएका ती बिरामीको अस्पताल भर्ना गरेको दुईघण्टामै मृत्यु भएको थियो।
मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो। ती पुरुषको स्वाब रिपोर्ट बिहीबार पोजेटिभ आएकाले कोरोना संक्रमणबाटै मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले बताएका छन्।
योसँगै धनुषामा कोरोना संक्रमाणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
3
Shares
प्रतिक्रिया