ad ad

कला


डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउने, १९ गतेदेखि चलचित्र ‘चचहुइ’ प्रदर्शन हुँदै

डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउने, १९ गतेदेखि चलचित्र ‘चचहुइ’ प्रदर्शन हुँदै

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:४८,

विश्वको विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यू सेवा नेपालमा नै पहिलोपटक डिशहोमले सञ्चालनगरिरहेको छ। पे पर भ्यू सेवामार्फत न्यूनतम मूल्यमा घरमा नै बसेर नयाँ नेपाली सिनेमा परिवारसँग बसेर हेर्न सकिने सिनेमाघर च्यानल कम्पनीले सञ्चालन गरिरहेको छ।

डिशहोमले सिनेमाघर च्यानल नं. १०८ र ८८८ सफलताका साथ सञ्चालन गरिरहेको छ। ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले सिनेमाघर ५५५ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको हो।

यही भदौ १९ गते शुक्रबारदेखि सिनेमाघर च्यानलनम्बर ५५५ मा आर्यन सिग्देल, मिरूना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ आदि अभिनीत तथा साम्तेन भुटिया निर्देशित हास्य प्रधान रमाइलो चलचित्र चचहुइ प्रदर्शन हुने डिशहोमले जनाएको छ। सिनेमाहलका पहँुच नभएका दूरदराजका ग्राहकहरुले अब छानी छानी नयाँ–नयाँ नेपाली सिनेमा सपरिवारसँगै बसेर सजिलै हेर्न पाउने भएका छन्।

आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र सजिलै खुलाउन सकिने कम्पनीले जनाएको छ। साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकहाँ सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।

सिनेमाघरले सुरुवातवाट नै ग्राहकहरुको माया पाएको कम्पनीको दाबी छ। सिनेमा घरमा विभिन्न समयमा प्रदर्शनमा आएका सिनेमाहरु रुद्र प्रिया, जय भोले, दालभात तरकारी, पोइ प¥यो काले, छ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, रातो टिका निधारमा, घामड सेरे, आमा, ए मेरो हजुर ३, छक्का पञ्जा ३, कोपिलाले उत्कृष्ट व्यापार गर्न सफल भएको थियो।

यसबाट ग्राहकलाई मनोरञ्जन र चलचित्रनिर्माताहरुलाई थप आम्दानीको बाटो थपिएको छ। डिशहोमले सिनेमाघरमाप्रदर्शन हुने चलचित्रको सुरक्षालाई पनि विशेष ध्यान दिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .