ad ad

समाज


१३ वर्षीया बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नेपालखबर
भदौ २७, २०७७ शनिबार ४:९,

बैतडीमा एक बालिकालाई जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका-८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका-२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले पक्राउ गरेको हो।

वासुदेवको सहयोगमा अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर बालिकाकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

जाहेरीपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। घटनामा सङ्लग्न दुबैलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ। पीडित बालिका आमासँग घर फर्किएकी छन्।

यसअघि भदौ २४ गते पनि बैतडीकै सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .