रूपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
रूपन्देहीकाे बुटवलमा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत देवदह नगरपालिका १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए।
भेन्टिलेटर प्रयोग गरेर उपचार गर्दागर्दै सोमबार बिहान ७ः३० बजे उनको मृत्यु भएको डा. गौतमले जानकारी दिए।
योसँगै रूपन्देहीमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ।
प्रतिक्रिया