बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै बुधबार राति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ का २२ वर्षीय आशीष थारु र १९ वर्षीय दिपेश थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
मृतक एकै परिवारका दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका गम्भीर घाइते उनीहरुलाई उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आशीषले चलाएका थिए। मृतकको सनाखत बिहीवार मात्रै भएको प्रहरीले बताएको छ।
Shares
प्रतिक्रिया