ad ad

समाज


हेलिकोप्टरबाट पानी छर्केर पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिइँदै (भिडियो)

हेलिकोप्टरबाट पानी छर्केर पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिइँदै (भिडियो)

नेपालखबर
पुस १३, २०७७ सोमबार ११:४१,

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी छर्किएको छ।

सोमबार आगो मन्दिर क्षेत्र नजिकै पुगेपछि सिम्रिक एयरको हेलिकोप्टरबाट पानी झर्केर आगो निभाउनु परेको पाथीभरा क्षेत्रविकास समितिका कार्यकारी निर्देशक मानमनी काफ्लेले बताए।

‘आज बिहानैदेखि ठूलो आगो देखिन थाल्यो। मन्दिर क्षेत्रको छेउछाउमा आगो पुग्न थालेपछि हेलिकोप्टरबाट पानी छर्कदै आगो नियन्त्रणमा लिने प्रयास गरिएको हो,’ उनले भने, ‘हामी मन्दिर क्षेत्रलाई असर नपुगोस भनेर हरसम्भव प्रयास गरिरहेका छौं।’

उक्त सिम्बु सामुदायिक बनमा तीन दिन अघि देखि नै आगो लागेको थियो। आइतबार आगो मन्दिर पट्टी आउन थालेपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए।

आइतबार साँझ नियन्त्रणमा आयो भनेर छोडिएको आगो सोमबार बिहानै फेरि देखिएको थियो। आगलागी भएको क्षेत्रमा पानी पुर्याउँन अप्ठारो भएपछि हेलिकोप्टरबाट पानी छर्किएको र मन्दिरमा आगोले केही असर नगरिएको काफ्ले जनाए।

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .