ad ad

समाज


काभ्रेमा अनियन्त्रित बनेकाे मोटरसाइकल गाडीमा ठोक्कियो, १ युवकको मृत्यु, अर्का घाइते

काभ्रेमा अनियन्त्रित बनेकाे मोटरसाइकल गाडीमा ठोक्कियो, १ युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
फागुन २, २०८० बुधबार ९:७, काठमाडौँ

काभ्रेको पाँचखालमा अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशाबाट आइरहेको गाडीमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

मंगलबार दिउँसो पाँचखाल नगरपालिका- ८  पचास किलोस्थित अरनिको राजमार्गमा दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१  मोटरसाइकल बिपरित दिशाबाट आएको  बा.३ ख. ७२०४ नम्बरको आइचर गाडिमा ठोक्किँदा २८ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका- ७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इन्द्रवतीकै २७ वर्षीय राजन दंगाल गम्भीर घाइते भएका छन्। 

तीव्र गतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर विपरित दिशाबाट आउँदै गरेको गाडीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मंगलबार साँझ धुलिखेल अस्पतालमा मृत्यु भएको हो। घाइते दंगालको धुलिखेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ। उनी खतरामुक्त छन्। 

दुर्घटनापछि प्रहरीले दुबै सवारी साधन र आइचरका गाडीका चालक काभ्रेको भुम्लु गाउँपालिका- ४ का २४ वर्षीय पूर्णबहादुरलाई  नियन्त्रणमा लिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .