समाज


१७ वर्षीय किशोरबाट १९ लाख ठगी, काठमाडौँबाट पक्राउ परे दार्चुलाका भुवनसिंह धामी

१७ वर्षीय किशोरबाट १९ लाख ठगी, काठमाडौँबाट पक्राउ परे दार्चुलाका भुवनसिंह धामी

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ८:४, काभ्रे

अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका- ६ घर भई हाल काठमाडौँ महानगरपालिका- ३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले केही दिनअघि उनलाई पक्राउ गरेको हो। 

धामीले डोल्पाको ताङसो गाँउपालिका- ६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका- १ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ गठी गरेको पाइएको प्रहरीले जनाएको छ। 

उनले किशोरलाई सामसुङ मोबाईल र अन्य विभिन्न किसीमका सामानहरू सस्तोमा पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ असुल गरेका प्रहरी अनुसन्धानबाट देखिएको छ।

पीडित पक्षको जाहेरीको आधारमा धामीलाई पक्राउ गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .