ad ad

समाज


प्रतिकूल मौसमका कारण बागलुङ पहिरोका घाइतेलाई अस्पताल पुर्‍याउन कठिन

प्रतिकूल मौसमका कारण बागलुङ पहिरोका घाइतेलाई अस्पताल पुर्‍याउन कठिन

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार १०:९, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा मंगलबार गएका दुई पहिरोमा परेर घाइते भएका दश जनालाई अस्पताल पुर्याउन कठिन भएको छ।

निरन्तर भइरहेको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो। 

बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा पुगेर घाइतेको प्राथमिक उपचार गरेका छन्। 

घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण बिरामीलाई नलिइ फर्किएको छ। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .