समाज


झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु, सनाखत हुन बाँकी

झापामा बोलेरोको ठक्करबाट  ३ युवकको मृत्यु, सनाखत हुन बाँकी

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ८:२३, काठमाडौँ

झापामा आज (बुधबार) बिहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।  

बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी-८ मा झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई दिएको जानकारी अनुसार मृतक युवक २०/२२ वर्ष उमेरका छन्। उनीहरुको सनाखत हुँन बाँकी रहेको उनले बताए। 

मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो। सडकमा अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। 

मृतक तीनैजना युवक स्थानीय नै भएको अनुमान प्रहरीले गरेको छ। हाल उनीहरुकाे शव पाेस्टमार्टमकाे लागि वीएण्डसी अस्तालमा राखिएकाे छ।

‘दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर- ६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ एसपी केसीले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .