समाज


सर्लाही दुर्घटना : मृतक कार्यालय सहयोगी भएको पुष्टि, नापी अधिकृतसहित ३ जनाको अवस्था गम्भीर

सर्लाही दुर्घटना : मृतक कार्यालय सहयोगी भएको पुष्टि, नापी अधिकृतसहित ३ जनाको अवस्था गम्भीर

नेपालखबर
माघ २३, २०८० मंगलबार १०:५०, काठमाडौँ

सोमबार साँझ सर्लाही सदरमुकाममा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये नापी अधिकृतसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मलंगवा नगरपालिका- ११ गमरियास्थित नवलपुर मलंगवा सडकमा सोमबार राति  बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी (बोलेरो) गाडी उखु लिएर चिनी उद्योगतिर जाँदै गरको ज १ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किँदा ११ जना घाइते भएका थिए।  

सो गाडीमा नापी कार्यालय सर्लाहीका कर्मचारी सवार थिए। 

दुर्घटनामा घाइते भएकामध्ये बागमती नगरपालिका- ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति नै एलेक्स न्युरो न्युरो अस्पताल बारामा मृत्यु भएको छ। उनी नापी कार्यालय सर्लाहीका कार्यालय सहयोगी भएको पुष्टि भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर गम्भीर घाइते भएका छन्। मानन्धर काभ्रेको बनेपा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन्।

मानन्धरसँगै सर्लाहीको मलंगवा नगरपालिका- ३ का ३५ वर्षीय रामलाल साह र महोत्तरी घर भएका ३० वर्षीय बैजु यादवको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। साह गाडी चालक हुन्।  

‘उनीहरु तीनै जनाको एलेक्स न्युरो न्युरो अस्पताल बारामा उपचार भइरहेको छ,’ डीएसपी पञ्जियारले भने, ‘अहिले उहाँहरुको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।’ 

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकाहरुको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .