ad ad

समाज


सर्लाहीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीय युवकको मृत्यु

सर्लाहीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीय युवकको मृत्यु

नेपालखबर
असार २४, २०८१ सोमबार १२:४०, सर्लाही

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

हरिपुर नगरपालिका–१ जानकीनगरमा आइतबार ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति ८ बजेतिर गाउँको भित्री सडकमा पैदल हिँडिरहेको बेला तिव्र गतिमा रहेको मोटरसाइकलले पोखरेललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .