ad ad

खेल


२०३० को विश्वकप आयोजना गर्न चार देशको संयुक्त दाबी

२०३० को विश्वकप आयोजना गर्न चार देशको संयुक्त दाबी

नेपालखबर
साउन १९, २०७९ बिहिबार १२:२२, काठमाडौँ

सन् २०३० मा हुने फिफा विश्वकप आयोजना गर्न चार देशले संयुक्त रुपमा दाबी प्रस्तुत गरेका छन्।

२०३० मा हुने विश्वकप गर्न अर्जेन्टिनासहित चिली, उरुग्वे र पाराग्वेले दाबी पेश गरेका हुन्। सन् २०३० को विश्वकप आयोजनाकै लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेका छन्। 

सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यही वर्ष आयोजना हुँदै छ। 

त्यसअघि हुने २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने निर्णय भइसकेको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना देशको घोषणा गर्नेछ। 

बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजना गर्नबाट पछि हटेपछि सन् २०२८ को युरोकप आयोजना गर्ने तयारीमा छन्। 

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो। चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .