बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार नयाँ दुई खेलाडीलाई समेट्दै अन्तिम टोलीको घोषणा गरेका हुन्।
हुमागाईले घोषणा गरेको टोलीमा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीले स्थान बनाउँदा अनुभवी खेलाडी नवयुग श्रेष्ठ भने टोली बाहिर छन्। श्रेष्ठले एशियन कप छनोटका समयमा राष्ट्रिय टोलीको कप्तानी गरेका थिए।
श्रेष्ठसँगै सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल, भरत खवास र आयुष घलानले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।
हुमागाइले ४ जना गोलरक्षकलाई टोलीमा राखेका छन्। नेपालले मगलबार बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्दैछ।
२३ सदस्यीय टोली
गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल
मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट
फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी
Shares
प्रतिक्रिया