म्यानचेष्टर सिटीका स्पेनी मिडफिल्डर रोड्रि घुँडाको चोटका कारण केही समय मैदान बाहिर रहने भएका छन्।
आइतबार आर्सनलविरुद्धको खेलका क्रममा घुडाँको लिगामेन्टमा चोट लागेको सिटीले पुष्टि गरेको छ।
खेलको २१ औँ मिनेटमा आर्सनलका थोमस पाटीसँग ठोक्कीदा उनको घुडाँको जोइन्टमा ट्वीस्ट हुँदा घाइते भएका थिए।
उनी मैदान फर्कन कति समय लाग्छ भन्ने अहिले नै यकिन छैन। तर उनी चाँडो मैदान फर्कनेमा सिटी विश्वस्त छ। टोलीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले उनी लामो समय मैदान बाहिर रहन सक्ने बताएका छन्।
म्यानचेस्टरमा प्रारम्भिक परिक्षण पछि रोड्रि थप परिक्षणका लागि स्पेन पुगेका छन्। २८ वर्षीय रोड्रिले सुरुवात गरेका प्रिमियर लिगका पछिल्ला ४८ खेलमा सिटी अपराजित छ।
रोड्रिले गत सिजन गुमाएको पाँचमध्ये चार खेलमा सिटी पराजित भएको थियो। उनले सिटीका लागि खेलेको ५० खेलमध्य एक खेलमा मात्र हार व्यहोरेका छन्।
Shares
प्रतिक्रिया