ad ad

खेल


सैनिक खेलाडीलाई प्रधानसेनापतिको सम्बोधन : १० करोडको अक्षयकोष स्थापना

सैनिक खेलाडीलाई प्रधानसेनापतिको सम्बोधन : १० करोडको अक्षयकोष स्थापना

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १६:१७, काठमाडौँ

नेपाली सेनाले खेलकुदको विकासका लागि १० करोडको अक्षयकोष स्थापना गरिएको जानकारी दिएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन्।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको रु. १० करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे। 

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा आफूलाई प्राप्त प्रशिक्षणलाई मनन् गर्दै आफ्नो क्षमता प्रदर्शन गरी बढी भन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुनः त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरुलाई शुभकामना दिए।

यही असोज २८ गतेदेखि २०७९ कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुन गइरहेको ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ मा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरुको हौसला तथा मनोवल अभिवृद्धि गर्ने उद्देश्यले आज (असोज ७ गते) त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिने प्रशिक्षक एवं खेलाडीहरुलाई धन्यवाद दिए।

सोही क्रममा, प्रधान सेनापति शर्माले खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा आम नागरिकहरुसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरु नागरिक-सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गरे।

उनले सम्पूर्ण खेलाडीहरुलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबै भन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए।

कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी समेत प्रदर्शनी गरिएको नेपाली सेनाले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .