पाकिस्तानविरुद्धको तेस्रो टी२० क्रिकेटमा इंग्ल्याण्डले ६३ रनको जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा २२२ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनमा समेटिएको थियो।
पाकिस्तानका लागि शान मसुदले ६५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। पाकिस्तानलाई सस्तैमा रोक्ने क्रममा इंग्ल्याण्डका मार्क वुडले ३ तथा अदिल रसिदले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।
विशाल लक्ष्य खडा गर्ने क्रममा इंग्ल्याण्डका ह्यारी ब्रूकले ८१ तथा बेन डकेटले ७० रन बनाए।
यससँगै सात खेलको सिरिजमा इंग्ल्याण्डले २–१ को अग्रता लिएको छ।
54
Shares
प्रतिक्रिया