गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।
आगामी २८ गतेदेखि सुरु हुने राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले तथा समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने छन्।
नवौँ खेलकुदको समापन कार्तिक ३ गते पोखरा रंगशालामा हुनेछ।
प्रतियोगिता सञ्चालनका लागि प्रत्येक खेल संघले एकमुस्ट २ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिता सम्पन्न भएको ३५ दिनभित्र पेश्की फर्छ्यौट गर्नुपर्नेछ।
राष्ट्रिय खेलकुदमा प्रत्येक खेल संघबाट ३ जना प्रतिनिधि सहभागी हुन पाउनेछन्। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सात प्रदेश, ३ विभाग र एक एनआरएनए टोलीले ३८ खेलमा स्पर्धा गर्नेछन्।
24
Shares
प्रतिक्रिया