ad ad

खेल


बंगलादेशविरुद्ध नेपालको सानदार जित

बंगलादेशविरुद्ध नेपालको सानदार जित

नेपालखबर
असोज ११, २०७९ मंगलबार १९:२६, काठमाडौँ

फरवर्ड अन्जन विष्टको हया्ट्रिकमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा नेपालले बगंलादेशलाई ३–१ ले हराएको हो। 

१८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो। विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विपक्षी खेलाडीले फउल गरेपछि नेपालले फ्रिकीक पाएको थियो। 

खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछी आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे। 

३८ औ मिनेटमा अन्जनले ह्याटिक पुरा गरे। विशाल राईको फ्रिकीकमा अन्जनले बललाई पोष्टको दिशा दिएका थिए। 

खेलको ५३ औँ मिनेटमा तेज तामाङको प्रहार दोस्रो बारको नजिकबाट बाहिरियो। ५७औँ मिनेटमा सज्जाद हुसेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले सानदार जित निकालेको हो।

ऋतिक र आशिषको डेब्यु
विगंर ऋतिक खड्का र आशिष चोधरीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। बंगलादेशसँगको मैत्रीपुर्ण खेलको मिनेटमा मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका हुन्।

खेलको ८१ औँ मिनेटमा ऋतिकले सेसेहाङ आङदेम्बे र आशिषले विमल घर्तिमगरको स्थान लिँदै मैदान प्रवेश गरेका थिए। 

ऋतिक यसअघि थ्रीस्टार क्लबबाट र आशिष चर्च ब्वाईज युनाईटेडबाट घरेलु लिग खेल्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .