ad ad

खेल


टी२० विश्वकपमा आजदेखि सुपर १२ का खेल हुँदै

टी२० विश्वकपमा आजदेखि सुपर १२ का खेल हुँदै

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ७:१२, काठमाडौँ

आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत शनिबारदेखि सुपर १२ का खेल हुँदैछन्।

शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको हो।

नेदरल्याण्ड्स र श्रीलंकाले यसअघि नै सुपर १२ मा आफ्नो स्थान पक्का गरेका थिए। 

सुपर १२ को पहिलो खेलमा शनिबार नेपाली समयअनुसार पौने १ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै दोस्रो खेलमा अपराह्न पौने ५ बजे अफगानिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .