ad ad

खेल


पाकिस्तानसँगको खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोली, अधिकांश पुरानै अनुहार

पाकिस्तानसँगको खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोली, अधिकांश पुरानै अनुहार

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १८:३०, काठमाडौँ

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा डाकेका हुन्। 

प्रशिक्षक कटुवाललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मगंलबार नै मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। 

'यसअघि भएका प्रतियोगिताहरुमा खेलाडीले गरेको प्रदर्शनको आधारमा ३० खेलाडीलाई प्रारम्भिक चरणको बोलाइएको हो', मुख्य प्रशिक्षक कटुवालले भने।  

अहिले प्रतियोगिताहरु पनि कम भएका कारण नयाँ खेलाडीहरु धेरै आउन पाएका छैनन्। 

त्यसैले नयाँ खेलाडीभन्दा पुराना अनुहार नै धेरै देखिएका छन्। यसअघि पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी र प्रदीप हुमागाईँले नयाँ खेलाडीलाई मौका दिएका थिए। 

प्रशिक्षक कटुवालले टोलीको प्रशिक्षणका लागि बुधबार खेलाडीहरुलाई बोलाइएको बताए। 

'हामीसँग समय थोरै छ, त्यसैले सबै खेलाडीलाई बुधबार आउन भनेका छौँ', उनले भने, 'तर केही खेलाडी बाहिर भएकाले आइपुग्न समय लाग्छ। उपलब्ध खेलाडीको प्रशिक्षण सुरु गर्नेछौँ।'

पाकिस्तान ८ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा फर्किन लागेको हो। पाकिस्तानको राष्ट्रिय महिला टोली नेपालमा नै भएको साफ महिला च्याम्पियनसिपबाट अन्तराष्ट्रिय फुटबलमा फर्केको थियो। 

प्रारम्भिक टोलीः 
किरण चेम्जोङ, विकेश कुथु, दिप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आवास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदिप गुरुङ, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्तीमगर, अञ्जन विष्ट, मनीष डाँगी, सुनिल बल, आशीष चौधरी, रितिक खड्का, आयुष घलान, सञ्जोक राई र निशान खड्का।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .