आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि पाकिस्तानले १२८ रनको लक्ष्य पाएको छ।
एलेलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको हो।
दोस्रो विकेटका लागि सौम्य सरकार र नजमुल हुसेन सान्टोले ५२ रनको साझेदारी गरे। सौम्य सरकार २० रनमा पवेलियन फर्किए। ओपनर नाजमुल ५४ रनमा आउट भए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिद्रीले ४ विकेट लिए।
सेमिफाइनल प्रवेशका लागि दुवै टोलीलाई जितको खाँचो छ।
आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा छ। आजको खेलमा जुन टोलीले जित निकाले पनि अन्तिम ४ मा स्थान बनाउनेछ। सम्ुह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ।
समूह बी को दोस्रो स्थानमा साउथ अफ्रिका भएपनि एक खेल कम खेलेका पाकिस्तान र बंगलादेशको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ। ४ खेलबाट ४ अंक बनाएको पाकिस्तान तेस्रो स्थानमा छ। भने बगंलादेशले समान खेलबाट ४ अंक भएपनि नेट रन रेटको आधारमा पाँचौ स्थानमा छ।
तर आजको खेल जिते बगंलादेश पनि सेमिफाइनल पुग्नेछ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।
यता समूह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन्। समान अंक भए पनि अष्ट्रेलिया नेट रनरेटमा पछि पर्दै बाहिरिएको हो।
Shares
प्रतिक्रिया