ad ad

खेल


साफ यू–१५ महिला च्याम्पियनसिपमा आज बंगलादेशविरुद्ध खेल्दै नेपाल

साफ यू–१५ महिला च्याम्पियनसिपमा आज बंगलादेशविरुद्ध खेल्दै नेपाल

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १३:३३, काठमाडौँ

साफ यू–१५ महिला च्याम्पिनयसिपमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्दै छ। 

ढाकाको क्वालालम्पुरस्थित विरश्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा हुने खेल दिउँसो पौने बजेपछि सुरु हुनेछ। 

आजको खेलमा बगंगलादेशसँग बराबरी मात्र गरेपनि नेपालले उपाधि जित्नेछ। 

पहिलो खेलमा बगंलादेशलाई पराजित गरेको नेपाल सोही लयलाई निरन्तरता दिदै उपाधि जित्ने दाउमा छ। उपाधिका लागि नेपाललाई आजको खेलमा बराबरीको नतिजा नै पर्याप्त हुनेछ। 

उता पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिदै बगंलादेश उपाधि जित्ने योजनामा छ। बगंलादेशलाई भने स्पष्ट जितको खाँचो छ। डबल राउण्ड रोबिनमा भएको च्याम्पिनयसिपमा नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो। 

भुटानलाई पहिलो खेलमा ७–० मा पराजित गरेको नेपालले दोस्रो खेलमा १–० ले हराएको थियो। 

बगंलादेशले भने भुटानलाई पहिलो खेलमा ८–० ले तथा दोस्रो खेलमा ९–० को फराकिलो अन्तरले पाखा लगाएको थियो। 

चारै खेलमा पराजित भएको भुटान तालिकाको पुछारमा रहेर बाहिरिएको छ। ३ खेलमा अपराजित नेपाल ९ अंकमा शीर्ष स्थानमा छ। २ खेलमा जित र १ खेलमा हार भोगेको बगंगालदेश ६ अंकमा दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .