संयुक्त अरव इमिरेट्स (यूएई) सँग खेल्ने तीन एक दिवसीय सिरिजका लागि नेपाली टोलिको घोषणा भएको छ।
क्यानले शुक्रबार साँझ रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा यसअघिको टोलीमा परेका ७ जना बाहिरिएका छन्।
यसअघि केन्या भ्रमणमा टोलीमा परेका सन्दीपसँगै देव खनाल, पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव र वसिर अहमद टिमबाट बाहिरिएका छन्।
उनीहरुको स्थानमा नयाँलाई मौका दिइएको छ।
टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, करन केसी, सोमपाल कामी, कुसल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी रहेका छन्। यस्तै आशिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा परेका छन्।
नेपालले आगामी साता तीन एकदिवशीय सिरिज खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सोमबार हुनेछ। यस्तै दोश्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ।
Shares
प्रतिक्रिया