एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले युएईलेविरूद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।
पहिलो खेल ८४ रनले गुमाएको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको थियो।
दुई खेलमा नेपालका ब्याटरहरु क्रिजमा जम्न सकेका छैनन्। नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्न चाहान्छ। उता युएई भने नेपाललाई घरेलु मैदान मै हराउँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ।
आइसीसी विश्वकप लिग २ को तयारी स्वरुप दुवै टोलीले एक दिवसीय सिरिज खेलेका हुन्।
आजको खेलमा विजयी हुने टिमले श्रृङखलाको उपाधि उचाल्ने छ।
51
Shares
प्रतिक्रिया