म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला अझै २ वर्ष क्लबमै रहने भएका छन्। सिटी र ग्वार्डिआलाबीचको सम्झौता सन् २०२५ सम्म थपिएको छ।
ग्वार्डिआलाले प्रिमियर लिगसहित ११ वटा उपाधि दिलाएका छन्। ५१ वर्षीय ग्वार्डिआलाले ३७४ खेलमा जिम्मेवारी सम्हालेका छन्। सिटीका लागि सबैभन्दा लामो समय काम गर्ने व्यवस्थापक पनि उनी हुन्।
क्लबसँग सम्झौता नविकरण गरेपछि ग्वार्डिआलाले भने, ‘म क्लबसँग २ वर्ष बस्नको लागि तयार भएको छु। क्लबमा एकदमै खुसी छु, मसँग क्लबलाई धन्यवाद भन्ने कुनै शब्द छैन। मलाई विश्वास गरेकोमा क्लबलाई धन्यवाद।’
‘क्लबसँग मिलेर सँगै अझ धेरै उपाधि जित्नु छ त्यसैले यही रहेर उपाधिका लागि लगातार भिड्नेछु’, उनले भने।
क्लबका अध्यक्ष खालदुन अल मुबारकले ग्वार्डिआलाले क्लबका लागि धेरै योगदान दिएको र उनीसँग त्यो ऊर्जा, जोश उपाधिको भोक र महत्वकांक्षालाई ध्यानमा राखेर उनीसँगको सम्झौता नवीकरण गरेको बताएका छन्।
Shares
प्रतिक्रिया