महाराष्ट्रका कप्तान तथा ओपनर रितुराज गायकवाडले एकै ओभरमा ७ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान आफ्नो नाममा गराएका छन्।
विजय हजारे ट्रफी २०२२ अन्तर्गत लिष्ट ए अन्तर्गत उत्तर प्रदेशबिचको खेलमा उनले एकै ओभरमा ४३ रन हानेका हुन्। खेलको ४९ औँ ओभरको पाँच बलमा लगातार ५ छक्का हानेका उनले नो बलमा पनि छक्का हाने।
अन्तिम बलमा पनि छक्का प्रहार गर्दै एकै ओभरमा ७ छक्का हानेका हुन्। उनले शिव सिंहलाई लगातार पाँच बलमा छक्का हानेका थिए।
रितुराजले १५९ बलमा १० चौका र १६ छक्का हान्दै २२० रनको नटआउट इनिङस् खेले। २२० रनको अविजित पारी खेलेका उनी लिष्ट ए क्रिकेटमा ३९ औँ दोहोरो शतक हान्ने खेलाडी हुन्।
भारतीय फर्म्याटमा उनले पाँचौ हाइ स्कोरर हुन्। उनले भारतबाट एक ओडिआई र ९ टी–२० आई खेल खेलेका छन्।
75
Shares
प्रतिक्रिया