खेल


आईपीएल अक्सन : साम करन कीर्तिमानी मूल्यमा पञ्जाब पुगे

आईपीएल अक्सन : साम करन कीर्तिमानी मूल्यमा पञ्जाब पुगे

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १७:३९, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को मिनी अक्सनमा इंग्ल्यान्डका साम करन १८ करोड ५० लाख भारुमा पन्जाब किंग्समा पुगेका छन्। 

भारतको कोचीमा जारी मिनी अक्सनमा करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख (२९ करोड ५० लाख रुपैयाँ) भारुमा किनेको छ। यो आइपीएल इतिहासकै महंगो मूल्य हो। 

करनसँगै अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रीन मंहगो मुल्यमा बिक्री भएका छन्। ग्रीन १७ करोड ५० लाख भारु (२७ करोड १८ लाख नेपाली रुपैयाँ) मा मुम्बई इन्डियन्समा पुगेका छन्। आइपीएल इतिहासमा मंहगो मूल्य पाउने उनी दोस्रो खेलाडी हुन्। 

ग्रीनलाई किन्न अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा भएको थियो। 

यस्तै, वेन स्टोक १६ करोड २५ लाख भारुमा चेन्नइ सुपर किंग्स पुगेका छन्। इङल्याण्ड क्रिकेट टोलीका अलराउण्डर वेनलाई चेन्नइले महंगो मूल्य खर्चेको हो। 

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारु (२५ करोड ६० लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ। 

सनराइजर्स हैदरवादले रिलिज गरेको उनीमाथि लखनउ, राजस्थान, मुम्बई र चेन्नइले बोली लगाएका थिए। पुरनलाई यसअघि सनराइजर्सले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो। वेस्टइन्डिजका विकेटकिपर निकोलस पुरन आक्रामक ब्याटरको रुपमा परिचित छन्। 

इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक १३ करोड २५ लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन्। न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका ह्यारी ब्रुक महंगो मुल्यमा हैदरावाद पुगेका हुन्। न्यूनतम मूल्यमा २ करोड राखेका केन विलियम्सन गुजरात टाइटन्स पुगेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .